१६ वैशाख, २०८१
    {
अन्तराष्ट्रिय / सुरक्षा/अपराध / समाचार

परराष्ट्रमन्त्री साउद र इजरायली विदेशमन्त्री कोहेनबीच टेलिफोन संवाद

  • पुलेसो
  • २०८० असोज २३ मंगलबार
परराष्ट्रमन्त्री साउद र इजरायली विदेशमन्त्री कोहेनबीच टेलिफोन संवाद

काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्।

उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग कुराकानी गरेका हुन्।सो क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए।उनले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि मन्त्री साउदले इजरायल सरकारसँग आग्रह गरे। उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा चारजना नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एकजना नेपाली अझै सम्पर्कविहीन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’ 

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित वासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए। मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको विवरण संकलन गरिरहेको र विवरण संकलनपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरे।

 

उनले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको बताए।कुराकानीका क्रममा इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनुपरेकोप्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्यलाभको कामना गरे।

उनले इजरायल अहिले कठिन मोडमा रहेको उल्लेख गर्दै ज्यान गुमाएका नेपालीको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम सहयोग गर्ने आश्वासन दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने