किरण किशोर सापकोटा
हिजो २७ सेप्टेम्बर, विश्वभर विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम र छलफलसहित मनाईयो । पर्यटन क्षेत्र केवल रमाइलो र साहसिक यात्रासम्म सीमित विषय होइन, यसले देशको अर्थतन्त्र, समाज, संस्कृति, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो प्रभाव पार्ने क्षेत्र हो ।
पर्यटन के हो ?
सामान्यतया, पर्यटन भन्नाले मानिसले आफ्नो बासस्थान वा दैनिकी बाहिर केही समयका लागि नयाँ ठाउँ, संस्कृति, प्रकृति वा सम्पदा अनुभव गर्न गर्ने यात्रा हो। यस क्रममा आउने व्यक्ति नै पर्यटक हो। पर्यटनले संस्कृतिको आदानप्रदान गर्छ, स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउँछ, रोजगारी सिर्जना गर्छ, र अन्तर्राष्ट्रिय स्तरमा मुलुकको पहिचानलाई मजबुत बनाउँछ ।
नेपालको पर्यटन: सम्भावना र चुनौती
नेपालले विश्वमै अद्वितीय पहिचान बनाएको छ । यहाँ हिमाल, पहाड र तराईको विविधता मात्र होइन, बौद्धिक र सांस्कृतिक सम्पदाको पनि अनुपम धरोहर छ। सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, रारा, फोक्सुण्डो, तिलिचो तालजस्ता गन्तव्यहरूले नेपाललाई विश्व पर्यटन नक्सामा स्थापित गराएका छन् । तर, अझै पनि नेपालको पर्यटनले आफ्नो पूर्ण सम्भावना उपयोग गर्न सकेको छैन। संरचनागत कमजोरी, अन्तर्राष्ट्रिय प्रवद्र्धनको कमी, सेवा गुणस्तरमा असमानता, र सबैभन्दा महत्वपुर्ण समावेशिताको अभाव र यसका प्रमुख चुनौती हुन् ।
अपाङ्गता भएका नागरिक र पर्यटन
नेपालको संविधानले स्पष्ट रूपमा समावेशी समाज र समान अवसर को ग्यारेन्टी गरेको छ । तर व्यवहारमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको पाइँदैन । आज पनि डोल्पाको फोक्सुण्डो ताल, मुगुको रारा ताल, मनाङको तिलिचो ताल वा सगरमाथाको आधार शिविरजस्ता अन्तर्राष्ट्रियस्तरका गन्तव्यहरूमा अपाङ्गमैत्री बाटो, होटल, विश्रामकक्ष, यातायात, सूचना प्रणाली वा ह्वीलचेयरमैत्री पदमार्गको अभाव छ । यस कारण अपाङ्गता भएका नागरिक र विदेशी पर्यटक दुवै वञ्चित भइरहेका छन् । तर यो क्षेत्रलाई सुधार गर्न सकियो भने नेपालले नयाँ बजार पाउन सक्छ। विश्वभर accessible tourism (पहुँचयुक्त पर्यटन) को माग बढ्दो छ। लाखौं पर्यटक आफ्ना परिवारका अपाङ्ग सदस्यलाई समेत साथमा लिएर यात्रा गर्ने गर्छन्। नेपालले यस्ता सुविधा उपलब्ध गरायो भने यो विशेष बजार आकर्षित गर्न सक्नेछ ।
आर्थिक र सामाजिक लाभ
समावेशी पर्यटनले नेपाललाई विदेशी मुद्रा आम्दानी बढाउन, प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्न, स्थानीय उत्पादन र सीपलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, र नेपाललाई मानव अधिकार र सामाजिक न्यायमैत्री राष्ट्रका रूपमा चिनाउन सहयोग पु¥याउँछ । त्यस्तै, समावेशी पर्यटनले नेपालको अन्तर्राष्ट्रिय छवि पनि सुधार्छ। यसले नेपाल केवल हिमाल र तालको देश मात्र नभई समान अवसर दिने समाज हो भन्ने सन्देश विश्वभर पुर्याउँछ ।
निष्कर्ष:
यस वर्षको विश्व पर्यटन दिवस ले हामीलाई एउटा गम्भीर प्रश्न सोधेको छ — के हाम्रो पर्यटन सबैका लागि समान छ ? यदि छैन भने, अब कहिले त्यसलाई समान बनाउन थाल्ने ?
नेपालले यदि पर्यटन पूर्वाधारलाई समावेशी, दिगो र पहुँचयुक्त बनाउन प्राथमिकता दियो भने, निकट भविष्यमा पर्यटन नेपालको आर्थिक मेरुदण्ड मात्र होइन, सामाजिक न्याय र समानताको जग पनि बन्नेछ । त्यसैले, आजको दिनले हामीलाई सम्झाउँछ — नेपालको सौन्दर्य सबैकै हो, अपाङ्गता भएका नागरिकको पनि हो। उनीहरूलाई पर्यटनमा समान अवसर दिलाउनु केवल संवैधानिक जिम्मेवारी मात्र होइन, दिगो विकासतर्फको अपरिहार्य कदम पनि हो।
विश्व पर्यटन दिवस २०२५ को अवसरमा, पुनः सबैमा हार्दिक शुभकामना । (लेखक सापकोटा हरियाली प्रवद्र्धनका अभियान्ता हुन् ।)
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया