महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमाले आवद्ध युवा तथा विद्यार्थीबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आवद्ध युवा–विद्यार्थीहरुले जेन–जी आन्दोलनपछिको परिस्थितिको र पार्टी पुर्नजागरणबारे छलफल सुरु गरेका हुन् । राष्ट्रिय युवा संघ कञ्चनपुरको अगुवाईमा शनिबार पार्टीका युवा–विद्यार्थीबिच छलफल गरिएको हो ।
संघका अध्यक्ष दिनेश विष्ट(डिबि) को अध्यक्षमा भएको कार्यक्रममा युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
अध्यक्ष विष्टले पछिल्लो विषम परिस्थीतिको समिक्षासहित भावि योजनाबारे बैठकमा छलफल गरिएको बताए । उनका अनुसार बैठकले संगठनका गतिविधि विस्तारसँगै पार्टी एकता, सुदृढिकरणका पक्षमा परिचालित हुन पनि अपील गरेको छ ।
त्यस्तै बैठकमा अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष ओम बस्नेतले विषम परिस्थितमा पार्टी र संगठनलाई एकताकासाथ अघि बढाउनुपर्ने बताए । उनले नेतृत्व छनौट विषय महाधिवेशनमा छलफल गर्ने तथा हाल आन्तरिक रुपान्तरण र एकतामा जोड दिनुपर्ने उनले बताए ।
अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले पार्टीलाई मनोबल उचो बनाउने गरि संगठनका गतिविधिमा जोड दिईने बताए । उनले युवा–विद्यार्थीले संयुक्त रुपमा साझा कार्यक्रम बनाए अघि बढ्ने बताए ।
त्यस्तै पार्टी एकता र सुदृढिकरणमा जोड दिदैँ बैठकले राष्ट्रियता, संविधानको रक्षा र विधिको शासन स्थापनाका लागि सबै राष्ट्रवादी शक्तीहरुलाई एकतावद्ध हुनपनि आह्वान गरेको छ ।
बैठकमा एमाले कञ्चनपुरका पार्टी कार्यालय सचिव रामचन्द्र रेग्मीले पार्टी पदाधिकारीबिच आन्तरिक छलफल जारी रहेको र सचिवालय बैठक बोलाउने तयारी भईरहेको जानकारी गराए ।
कार्यक्रमपछि जेन जी आन्दोलनमा आगो लगाएर ध्यस्त पारिएको पार्टी कार्यालय युवा–विद्यार्थीहरुले सरसफाई गरेका छन् । तिहारभित्रमा पार्टी कार्यालयलाई पुनः निर्माणसँगै व्यवस्थीत बनाउने योजना छ ।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया