२०८२, असोज, २८
    {
समाचार

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

  • पुलेसो
  • २०८२, असोज २२ बुधबार
शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आयोगले शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको हो।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको घटनाबाट उत्पन्न परिस्थितिमा शान्ति सुुरक्षा र विधिको शासनलाई मजबुद बनाउन सुरक्षा निकायको मनोवल उच्च बनाउँदै  धैर्यता र समंयतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई निर्देशन समेत दिएको छ ।

आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाहरूको अनुगमन गर्दै मानव अधिकार उल्लंघन भएको उल्लेख गरेको छ। यस्ता घटनाबाट उत्पन्न परिस्थितिले नागरिकको सुरक्षा र मानव अधिकारमा नकारात्मक असर पार्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। 

साथै विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनलाई मर्यादित र सयमित बनाउन अरुप्रति घृणा युक्त अभिव्यक्ति बन्द गर्न  सामाजिक सदभाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक  प्रतिस्पर्धामार्फत राजनीतिक निकासको  प्रतिक्रियामा सहभागी हुन राजनीतिक दल र  समूहलाई आयोगले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्