काठमाडौं । महानायक राजेश हमालले आगामी चुनावसम्म देशको राजनीतिक वातावरण अझै अनिश्चित र अस्थिर बन्न सक्ने आशंका व्यक्त गरेका छन्।
शनिबार आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। आफ्नो पुस्तकका केही अंश वाचन गर्ने क्रममा उनले डेढ–दुई वर्षअघि एक राजनीतिक नेतासँग भएको संवाद स्मरण गर्दै भने, ‘आउने चुनावसम्म नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुनसक्छ। यो झन् गन्जागोल र गडबडतिर जान पनि सक्छ।’
उनले पछिल्लो समय नयाँ र पुरानो पुस्ताबीचको दूरी विगतमा कहिल्यै नदेखिएको स्तरमा बढेको उल्लेख गरे। ‘हरेक कालखण्डमा दुई पुस्ताबीचको दूरी हुने नै गर्छ, तर जति दूरी पुरानो र नयाँ पुस्ताको बीच यो समयमा छ, त्यति विगतमा बिरलै थियो,’ हमालले भने।
अभिनेता हमालले अहिलेको पुस्तामा राजनीति, देश, विकास र सुशासनका विषयमा बेग्लै र स्पष्ट बुझाइ रहेको बताए। उनले वर्तमान राजनीतिक अवस्थाले लोकतान्त्रिक मूल्य–मान्यताको अवहेलना हुने परिस्थिति नआउला भन्न नसकिने चिन्ता व्यक्त गरे।
यद्यपि, उनले नेपाली जनता सचेत रहेको र आफ्नो लोकतान्त्रिक अधिकार संरक्षणका लागि अग्रसर हुनेमा आफू आशावादी रहेको पनि बताए। ‘मलाई आशा के छ भने नेपाली जनसमुदाय सचेत छ। आफ्नो लोकतान्त्रिक अभ्यास र अधिकार संरक्षण गर्न अग्रसर हुनेछ,’ उनले भने। आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ राजनीति, समाज र आफ्नो व्यक्तिगत जीवनका विभिन्न पाटाहरूको संगालो भएको बताउँदै उनले लेखक यज्ञशसँग विभिन्न कफी सपदेखि निजी निवाससम्म भएका कुराकानीहरू पुस्तकमा समेटिएको जानकारी दिए।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया