२०८२, असोज, २८
    {
समाचार

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

  • पुलेसो
  • २०८२, असोज २२ बुधबार
महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पक्राउ गर्नुपर्ने माग गुरुङ लगायतले प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा गरेको समेत दाबी गरे।

‘सुधन गुरुङ जस्ता मान्छेलाई यहाँ एम्बुस बनाएर पडकाउन खोजिदै छ, सुदनजी जस्ता मान्छेहरू बालेनजी जस्ता मान्छेहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गुर्नपर्छ भनेर मिडिया ट्रायल गर्छन्, सोसल मिडियामा ट्रेन्ड चलाउँछन्,’ बस्नेतले भने, ‘अनि डेलीगेसनमा जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा।’  

उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन माग गरे। ‘२३ गते मृत्यु भएको सन्दर्भमा जुन छानबिन समिति बनेको छ, त्यसले निष्पक्ष छानबिन गरोस्। निष्पक्ष छानबिन गर्नुहोस्, दोषी जो हुन्छ, त्यसलाई कारबाही गर्नुहोस्।

हाम्रो पूर्ण समर्थन रहन्छ,’ बस्नेतले भने, ‘तर, आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैन? त्यसको पनि छानबिन प्रयोग होस्। रवि लामिछानेलाई कारागारबाट मुक्त गराउने गएकाहरुको पनि छानबिन होस्।’ 

प्रतिक्रिया

छुटाउनुभयो कि?

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्