काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचाडोले पाएकी छिन् । नोबेल पुरस्कार प्रदान गर्ने समितिले माचाडोबारे भनेको छ, ’अन्धकार फैलिँदै गएको समयमा पनि उनले लोकतन्त्रको ज्योति निभ्न दिएकी छैनन् ।’ समितिले भेनेजुएलामा डेमोक्रेटिक शक्तिको नेतृत्वमा देखापरेकी माचाडोले ल्याटिन अमेरिकाको सबैभन्दा असाधारण नागरिक साहसको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेको छ ।
सन् २०२५ को प्रतिष्ठित नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटमा बिहान ९ः०० बजे घोषणा गरिएको थियो । यस वर्ष पुरस्कारका लागि कुल ३३८ नाम दर्ता भएका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्थाहरू रहेका छन्।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया