२०८२, असोज, २८
    {
समाज / प्रविधि / समाचार

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

  • पुलेसो
  • २०८२, जेठ १ बिहीबार
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको  छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा  बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो  ।  

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार  २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र  दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ । 

 

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने