२०८२, असोज, २८
    {
प्रविधि / समाचार

सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्केपछि हवाई सेवा बन्द

  • पुलेसो
  • २०८२, जेठ ८ बिहीबार
सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्केपछि हवाई सेवा बन्द

सुर्खेत : सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि लागि हवाई उडान सेवा बन्द भएको छ। ।  जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो।


रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ।  तर एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको हो। विमानस्थलका प्रमुख हिराज काफ्लेले सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेको तर १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको बताए।

उनका अनुसार पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने योजना छ।  खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर बनाइएको स्थान हो। सुर्खेतको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेको हो।  खाल्डो पुरेर शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको प्रमुख काफ्लेले जानकारी दिए।

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौँ–सुर्खेत रुटमा उडान गरिरहेका छन्।
विमानस्थल बन्द हुँदा यात्रु ३ घण्टा सडक यात्रा गरेर नेपालगन्ज पुगेर त्यहाँबाट काठमाडौँ जाने गरिरहेका छन्। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने