२०८२, असोज, २८
    {
समाज / बागमती प्रदेश / समाचार

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

  • पुलेसो
  • २०८२, जेठ १९ सोमबार
उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

काठमाडौँ  व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ । 

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्मको रुटमा पनि प्रहरीको बस चल्नेछ । 

 

बढी भाडा नलिन निर्देशन

प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्