काठमाडौँ - संसद्मा विपक्षी दलको अवरोधलगायतका विषयमा सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, माओवादी महासचिव देव गुरुङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला र नेसपा अध्यक्ष महिन्द्र रायद यादव सहभागी छन् ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले अवरोध गरे पनि प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्ने बताएका थिए । विपक्षी दलहरूले संसद्मा अवरोध गरेर ज्यादती गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब विपक्षी दलहरूले विरोध गरेमा पनि संसद्का कामकारबाही अगाडि बढाउनुपर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादीले भने गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै राख्ने जनाएको छ । सिंहदरबारमै सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
प्रतिक्रिया