२०८२, असोज, २८
    {
मधेस प्रदेश / समाचार

महोत्तरी गौशाला बजार ठेक्का विवादमा झडप, ५ जना घाइते

  • पुलेसो
  • २०८२, साउन ५ सोमबार
महोत्तरी गौशाला बजार ठेक्का विवादमा झडप, ५ जना घाइते

काठमाडौँ — गौशाला बजारको राजस्व उठाउने विषयमा निगौल गाई गौशाला र गौशाला नगरपालिकाका समर्थकबीच विवाद हुँदा ५ जना घाइते भएका छन् । निगौल गाई गौशालाले आफ्नो जग्गामा लाग्ने पशु बजारको राजस्व अमानतमा संकलन गर्न थालेपछि गौशाला नगरप्रमुख डा. दीपेन्द्र महतोका आफन्तले हस्तक्षेप गर्दा विवाद भएको लोसपाका नेता प्रमोद महतोले बताए । दुई पक्षबीचको झडपमा गौशाला–४ का ३२ वर्षीय विपिन साह, २४ वर्षीय सिनुल साह, गौशाला–२ निगौलका विजय यादव, गौशाला–२ का वडाध्यक्ष ४० वर्षीय श्यामसुन्दर मण्डलको टाउकामा चोट लागेको र उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
झडपमा गौशाला–२ निगौलका ४२ वर्षीय सुरेन्द्र महतोको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । बजार ठेक्का विषयमा विवाद गर्ने दुवै पक्षबीच इलाका प्रहरी कार्यालय गौशालामा छलफल गर्ने सहमति भएपछि विहान तनावग्रस्त गौशाला बजारको अवस्था सामान्य बनेको छ ।
गौशाला नगरपालिकाले ठेक्का लगाउन पाउनुपर्ने पक्षधरले बजारमा रोकिराखिएको बागमती प्रदेश ०१–०२७ च ९७४७ नम्बरको गाडीको अगाडिको सिसा फुटाउनुका साथै तोडफोड गरेको छ । गौशाला–५ मा रहेको गाई गौशालामा गोरु बजार लाग्दै आएको छ । गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने सर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गौशाला पक्षबीच सोमबार बिहानै झडप भएको इलाका प्रहरी कार्यालय गौशालले जनाएको छ । दुई पक्षबीच झडप भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विकास बमको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानको कमाण्डमा खटिएका प्रहरीले झडप नियन्त्रणमा लिएको थियो ।

गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफै लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने