२०८२, असोज, २८
    {
कोशी प्रदेश / समाचार

कोसी प्रदेशमा प्रमुख कृषि बालीको खेती क्षेत्र र उत्पादन दुवै घट्यो

  • पुलेसो
  • २०८२, साउन १२ सोमबार
कोसी प्रदेशमा प्रमुख कृषि बालीको खेती क्षेत्र र उत्पादन दुवै घट्यो

काठमाडौँ । कोसी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कृषि बालीहरूको उत्पादन अधिकांशको घटेको पाइएको छ।
कोसी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तरगत प्रदेश कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा अधिकांश कृषि बालीको उत्पादन घटेको देखाएको हो। 
वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार, चैते धान १४.७५ प्रतिशतले घटेको देखिएको छ। त्यस्तै हिउँदे फलफूल २०.१६ प्रतिशतले घटेको सरकारी तथ्यांक छ। सबै भन्दा कम उत्पादन घटेको कृषि बस्तुहरू पनि यी दुवै हुन्। चैते धान आर्थिक वर्ष २०८०/८१ मा  ५३ हजार ६२५ हेक्टरमा भएको खेतीबाट २ लाख ७९ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा आउँदा १० हजार हेक्टर क्षेत्र घटेर ४३ हजार ८६८ हेक्टरमा २ लाख ३८ हजार ३०८ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ। 
यसरी हेर्दा क्षेत्रफल १८.१९ प्रतिशत र उत्पादन १४ दशमलव ७५ प्रतिशत रहेको छ। त्यस्तै हिउँदे जातका फलफूलको पनि उत्पादन धेरै घटेको छ। आर्थिक वर्ष २०८०÷०८१ मा ६ हजार ६९६ हेक्टरबाट २६ हजार ३५८ मेट्रिक टन उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०८१/८२ मा २ हजार ८७३ हेक्टरमा खुम्चिएर २१ हजार ४४ मेट्रिक टन उत्पादनमा झरेको छ।  एकै वर्ष यति धेरै हिउँदे फलफूलको उत्पादन घटेको हो। यो अघिल्लो वर्षको तुलनामा २० दशमलव १६ प्रतिशत भएको कृषि निर्देशक प्रकाश डाँगीले बताए। 
त्यस्तै त्यस्तै दलहन खेतीको क्षेत्रफल ६ प्रतिशत घट्दा उत्पादन पनि ५ दशमलव ०१ प्रतिशत घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ४०४ हेक्टरमा ४३ हजार ५१५ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार १३२ हेक्टरमा ४० हजार ९३७ मेट्रिक टन उत्पादन भएको छ। 
त्यस्तै तेलहन बालीको उत्पादन र खेतीको क्षेत्रफल दुवै घटेको छ। खेतीको क्षेत्र ३.७६ प्रतिशत हेक्टर घट्दा २ दशमलव ९९ प्रतिशत मेट्रिक टन उत्पादन घटेको निर्देशनालयले जनाएको छ। त्यस्तै कोदोको उत्पादन  र खेतीको क्षेत्रफल पनि घटेको छ। 
निर्देशनालयले धान र सुन्तला जातको फलफूलको उत्पादन भने बढेको बताएको छ। त्यस्तै फापरको उत्पादन पनि ०.३१ प्रतिशत वृद्धि भएको उल्लेख गरिएको छ। मकै आर्थिक वर्ष २०८१÷०८२ मा ०.५० प्रतिशत मेट्रिकटनले बढेको निर्देशनालयले जनाएको छ। 
समग्र उत्पादनलाई आधार मान्दा १४ जिल्लामा खाद्यान्नको वासलात आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ९७ हजार ३५५ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ४ हजार ७९० मेट्रिक टन उत्पादन हुँदा यसमा १.०६ प्रतिशतले वृद्धि भएको दाबी सरकारको छ । 
वार्षिक प्रगति समीक्षामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत बागवानी क्षेत्रको विकास, कृषक सशक्तीकरण, सहकारी सहजीकरण तथा यान्त्रिक उपकरणहरू उपलब्ध गराउँदै पहाडी भेगको कृषि प्रणालीमा उल्लेखनीय सुधारको प्रयास थालेको जनाएको छ। 

प्रदेश कृषि विकास निर्देशनालयको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रममा कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पारदर्शी ढंगबाट काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले मन्त्रालय र मातहत कार्यालयका कर्मचारीलाई पारदर्शी र बेरुजु नहुने ढंगबाट काम गर्न निर्देशन दिएका हुन्।  
कतिपय कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेकाले बेरुजु देखिएको बताउँदै आफ्नो अधिकारभित्र रहेर काम गर्न र पुराना बेरुजु घटाउन पनि उनले आग्रह गरे।  
किसानको खेतमै पुगेर उनीहरूको समस्या पहिचान र समाधानका उपाय खोज्न पनि मन्त्री हाङगामले कर्मचारीहरूलाई निर्देशन दिए।
उनले भने, ‘अहिले किसानहरूले मल नपाइरहेको गुनासो बढेको छ, प्रशस्त मल उपलब्ध हुँदा पनि वितरण प्रणाली फितलो भएकाले किसानको खेतमा मल पुगेको छैन। मल वितरण प्रणालीलाई सहज बनाउन र वितरण प्रणाली सुधार गरेर जान हामी सबै लाग्नुपर्छ।’ 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने