२०८२, असोज, २८
    {
बागमती प्रदेश / समाचार

 बागमतीका मुख्यमन्त्री लामाले भनेः ‘संसदीय दलको नेता नरहे पनि राजीनामा दिन्नँ ’  

  • पुलेसो
  • २०८२, साउन १३ मंगलबार
 बागमतीका  मुख्यमन्त्री लामाले भनेः ‘संसदीय दलको नेता नरहे पनि राजीनामा दिन्नँ ’  

हेटौंडा-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन्। आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा अल्पमतमा परेका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने भन्दै यस्तो अडान लिएका हुन्।

काँग्रेसको संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो। उनको विपक्षमा २२ मत परेपछि संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका हुन्।
‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने छैन। सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो’, मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन। हटाउनुपर्ने पनि होइन। मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन।’

उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताएँ। सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जाल रचिएको उनको भनाइ थियो।
‘मत विभाजन भयो। प्रक्रियामा गएको हो। प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो।

नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ। मैले त्यस्तो हेरेको थिइनँ’, लामाले भने, ‘सबैलाई मिलाएर जाऔँ भन्दा विभिन्न किसिमका जाल रचिएको रहेछ। मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछन्। लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो। लोकतान्त्रिक विधिअनुसार प्रक्रिया सुरु हुन्छ।’
आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उनले बताए। ‘मुख्यमन्त्री त फेर्नै सक्दैन। दलको नेता भएर हो। कोलेसन गभर्मेन्ट हो। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन’,  उनले भने। उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने