कामठाडौँ– नेपाल विद्युत प्राधिकरणले आठ रुपैयाँ प्रति युनिट पर्ने बिजुली तराइको सिंचाईका लागि तीन रुपैयाँमा दिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न तपाई पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरूसँग छलफलमा यस्तो बताएका हुन् ।
चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम पुगेका निर्देशक शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गरे।
सुख्खाग्रस्त मधेसमा बोरिङ गाड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैँ फिल्डमा खटिएको उनले बताए। मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाँउमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताए। सिंचाईका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भए पनि कहाँकहाँ जोडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको उनले बताए।
सिंचाई गर्न अब डेढ महिना बाँकी रहेको र अहिले नै कति आउँछ, कहाँकहाँ आउँछ र कति क्षमताको पम्प छ भन्ने कुराको जानकारी दिन आग्रह गरे। सिंचाईका लागि कहाँकहाँ र कसरी बोरिङ जडान गर्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको निर्देशक शाक्यले बताए। उनले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागि परेको बताए।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया