२०८२, असोज, २८
    {
समाज / सुदूरपश्चिम प्रदेश / समाचार

लागू औषध नियन्त्रण प्राथमिकतामा–सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख विक

  • पुलेसो
  • २०८२, साउन १५ बिहीबार
लागू औषध नियन्त्रण प्राथमिकतामा–सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख विक

भुवन भट्ट÷कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीका प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विश्वकर्माले कञ्चनपुरका खुला सीमानाका भएर बढ्दो क्रममा रहेको लागू औषध नियन्त्रण अहिलेको प्रमुख प्राथमिकताको विषय रहेको बताउनुभएको छ । बुधवार कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विकले खुला सीमानाकाबाट हुने लागू औषध कारोबारको नियन्त्रण गर्नु प्रमुख प्राथमिकता राखिएको बताए । 


बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा रहेका सीमा क्षेत्रका वडाका अध्यक्ष र वडा सदस्य सँग लागू औषध नियन्त्रण र सान्ती सुरक्षाका विषयमा पालिकामा छलफल तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । 


लागू औषध नियन्त्रणका लागी प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दे आएको बताउनुहुँदै प्रहरी नायब महानिरीक्षक विकले शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नु अहिले प्रहरीको प्रमुख प्राथमिकताको विषय बनेको बताए । 


कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका अध्यक्ष बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले लागू औषध विरुद्धको महाअभियानमा आफूहरू पनि हातेमालो गर्न तयार रहेको बताए ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले अन्तक्र्रिया कार्यक्रमले भारतसँग जोडीएका सीमा क्षेत्रबाट हुने अवैध भन्सार छली, सीमा क्षेत्रमा हुने ठगी, लागू औषध कारोबार नियन्त्रणमा सहजता हुने अपेक्षा गरिएको बताए । जिल्लामा भएका आपराधिक घटनामा प्रहरीले गहन ढङ्गले अनुसन्धान गरिरहेको र अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको उनले बताए । 


बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरीले इलाका प्रहरी र चौकीहरूमा दरबन्दी अनुसार प्रहरी खटाइनुपर्ने माग गरे । दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा प्रत्याभूति हुन नसकेको वडा अध्यक्ष रानाले बताए । 


वडा नम्बर सातका अध्यक्ष प्रकाश श्रेष्ठले स–साना बालबालिकाहरू समेत लागू औषधको दलदलमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रहरीले नाका क्षेत्रबाट हुने लागू औषध कारोबार शून्यमा झार्नुपर्ने उनले माग गरे । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने