भीमदत्त ०२ भदौ । कञ्चनपुरको दोधरा चाँदनीमा निर्माण हुन लागेको दोधरा चाँदनी सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुुर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री आशन्न भारत भ्रमणमा सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी भईरहेको बताउनु भयो ।
उहाँले सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलको निरिक्षण गदैँ यस्तो बताउनु भएको हो । ‘सुदूरपश्चिमै महत्वपुर्ण आयोजना दोधराचाँदनी सुख्खाबन्दरगाह लामो प्रतिक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडी बढेका छौँ ।’ मन्त्री भण्डारीले भन्नुभयो । ‘तीन अर्व ८० करोडको लागतमा बन्ने गरि ठेक्का सम्झौता भईसकेको छ, सम्माननीय प्रधानमन्त्रीका आउँदो भारत भ्रमका क्रममा दुई देशका प्रधानमन्त्रीको तर्फबाट शिलान्यास गर्ने गरि कार्यक्रम तय भएको छ ।’
साथै नेपालले भारतका अन्य व्यापारिक पोर्ट प्रयोगका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडी बढेको पनि बताउनु भयो । ‘पश्चिम नेपालको सिमासँग नजिक रहेको भारतको मुन्द्रा पोर्ट हाम्रो प्राथमिकतामा छ । उहाँले भन्नुभयो ‘तेसो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकता हुनेछ, यसले अन्तरदेशिय व्यापारमा सहज हुनेछ ।’
साथै तीन वर्षभित्र निर्माण कार्य सम्पन्न हुने पनि उहाँले दावि गर्नुभयो । दोधरा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
प्रतिक्रिया