२०८२, असोज, २८
    {
कोशी प्रदेश / समाचार

वडाध्यक्ष बसे अनशन, गाउँसभा अनिश्चित 

  • पुलेसो
  • २०८२, भदौ ५ बिहीबार
वडाध्यक्ष बसे अनशन, गाउँसभा अनिश्चित 

रौतहट — रौतहटको यमुनामाई गाउँपालिका–२ का अध्यक्ष सीताराम यादव आमरण अनशन बसेका छन् । शुक्रबार हुन लागेको गाउँसभाको पूर्वसन्ध्यामा पालिकाको कार्यालय अगाडि उनले अनशन सुरु गरेका हुन् ।  आयव्यय लगायत १३ बुँदे माग राख्दै उनी अनशन बसेको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले जानकारी दिए । ‘हामीले वडाध्यक्षले उठाएको विषयको माग सम्बोधन हुन्छ भनेकै छौं,’ उनले भने, ‘गाउँसभाको पूर्वसन्ध्यामा अनशन बसेर अनिश्चित बनाए, यस विषयमा छलफल हुँदै छ ।’
यो पालिकामा शुक्रबार गाउँसभा हुँदै छ । पालिकाको आयव्यय र आफूहरुको भत्ताको रकम उपलब्ध गराउन माग राख्दै बुधबार २१ जना वडासदस्यले कार्यालय अगाडि धर्ना तथा प्रदर्शन सुरु गरेका थिए । पालिकाले उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि धर्नाबाट पछि हटेका थिए । त्यसपछि वडाअध्यक्ष सीताराम यादवले अर्को बखेडा निकालेर अनशन सुरु गरेको गाउँपालिकाले जनायो ।

वडाअध्यक्ष यादवले आर्थिक वर्ष २०७९ देखि ०८२ सम्मको गाउँसभाको निर्णय, कार्यपालिका बैठकको माइन्युट, रातो किताब, ससर्त अनुदान, समपूरक, विशेष, स्वास्थ्य, शिक्षा, आर्थिक सहयोग वितरण लगायत बजेट योजनाको कागज, बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदन प्रमाणित प्रतिलिपि, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीको नियुक्तिको प्रमाणित प्रतिलिपि लगायतका माग राखेको वडाअध्यक्ष यादवले सुनाए । प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले माग सम्बोधन हुने भनेर आश्वासन दिँदा समेत नमानेको बताए । ‘वडाध्यक्षको अनसनले गाउँसभा अनिश्चित भएको छ,’ उनले भने । 

जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामध्ये १५ पालिकाले नगरसभा सम्पन्न गरेका छन् । देवाहीगोनाही, दुर्गाभगवती र यमुनामाई गाउपालिकाको सभा हुन सकेको छैन । चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था छ ।

नगरसभामार्फत चालु आर्थिक वर्ष २०८२÷८३ का लागि स्थानीय तहले बजेट ल्याउनुपर्छ । यही कारण चालु आर्थिक वर्षका लागि असार १० गते नगरसभा गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सभा सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने