रौतहट । हत्या गरेर सुटकेसभित्र भेटिएकी माधव नारायण ६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका मुख्य अभियुक्तले आत्मदाहका कारण गम्भीर अवस्थामा रहेकोले उनलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ। सोही ठाउँका अभियुक्त लक्ष्मण पासवानले गाउँदेखि करिब पाँच सय मिटर पश्चिम धान खेतमा आत्मदाहको प्रयास गरेको एसपी नेत्रमणि गिरिले बताए।
उनका अनुसार घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पु¥याएको छ। रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुख्र्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका छन्। आत्मदाहका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको गरुडा बेटर नेपालका सञ्चालक सुनिल प्रसाद साहले बताए।
बेटर नेपाल अस्पतालमा प्रहरीले उद्धार गरी ल्याएका पासवानको टाउको, पेट र पछाडिको भाग पूर्ण रूपमा जलेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।
प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी–प्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याका अभियुक्त पासवानले आफूले प्रेमिका रुबीको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौं । मलेसियाविरुद्ध महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
अन्तिम खेलमा...
प्रतिक्रिया