महेन्द्रनगर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले चालु आर्थिक वर्षका कार्यक्रमबारे सरोकावाला निकायसँग छलफल गरेको छ । मंगलबार महेन्द्रनगरमा चालु आर्थिक वर्षका कार्यक्रमको जानकारीसहित कार्यक्रम कार्यान्वयन तथा सहजिकरणका लागि कृषि प्राविधिकसँगै, स्थानीय तह र सरोकारवाला निकायसँग छलफल गरिएको हो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापाको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका वरिष्ठ कृषि प्रसार अधिकृत गोबिन्द सिजापतीले आर्थिक वर्षमा २०८२–८३ का कृषि कार्यक्रम प्रस्तुत गरेको थिए । उनले कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँग लक्षीत किसानसम्म पहुँच पु¥याउने उद्देश्यका साथ सरोकारवालासँग छलफल गरिएको बताए । कार्यक्रम जिल्लाका प्रदेश सभा सदस्य, जिल्ला स्थीत स्थानीय तहका प्रमुख, उपप्रमुख, पालिकाका कृषि शाखा प्रमुख, निजि क्षेत्रका प्रतिनिधि, कृषि प्राधिविक लगायतको उपस्थीति रहेको थियो ।
केन्द्रका प्रमुख सिजापतीले जिल्लामा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम, युवा उद्यमी कर्जा, कृषि तथ्याङ्क अध्यावधि, कृषक पाठशाखा कार्यक्रम, युवा लक्षीत व्यवसायिक मौरीपालन, च्याउ खेती कार्यक्रम, बगैँचा स्थापना तथा पुष्प प्रवद्र्धन कार्यक्रम, कृषि अनुदान, माटो परिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन हुने बताए ।
कार्यक्रमका सहभागीहरुले कषि कार्यक्रम कार्यान्वयन गर्नुपुर्व नै सरोकारवाला निकायलाई जानकारी गराएको ज्ञान केन्द्रलाई धन्यवाद समेत दिए । उनीहरुले कृषि कार्यक्रमको सूचना सबै किसानसँग पुग्ने र वास्तविक किसानलाई लाभ हुनेगरि कार्यान्यवन गर्न जोड दिए । साथै कृषि अनुदानको दुरुपयोग र दोहोरोपना रोक्न पनि सरोकारवाला निकायले माग गरेका छन् ।
कार्यक्रममा दोधराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले स्थानीय तहसँगको सहकार्यमा जोड दिए । उनले स्थानीय आवश्यकताको आधारमा योजना निर्माण गर्नसके कार्यान्वयन प्रभावकारी हुने बताए ।
साथै प्रदेश सरकार योजना बनेर अलपत्र हुने अवस्था आएकाले पनि त्यस्ता योजनाको सञ्चालनका लागि स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गर्न पनि उनको आग्रह छ । त्यस्तै बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले कृषि कार्यक्रमबारे पुर्व जानकारी गराईनु महत्वपुर्ण भएको बताए । उनले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले सबै क्षेत्र समेट्ने गरि योजना बनाएकोमा धन्यवाद दिदैँ कार्यान्वयनका लागि पालिका साझेदारी गर्न तयार रहेको बताए ।
त्यस्तै पुर्नवास नगरपालिकाकी उप–प्रमुख भुलिया कुमार रानाले पनि योजना कार्यान्वयन पुर्व नै सरोकार वालालाई जानकारी दिनु राम्रो पक्ष भएको उल्लेख गदैँ केन्द्रका योजना कार्यान्वयनमका आफुहरुले आवश्यक सहयोग तथा साझेदारी गर्ने बताईन् ।
साथै उनले कृषि अनुदानको दुरुपयोग र दोहोरोपनलाई रोक्नु पर्नेतर्फ जोड दिईन् । कार्यक्रममा सहभागी बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र जोशीले कृषि पाठशाला कार्यक्रम सञ्चालनका विद्यालयले सहकार्य गर्र्ने प्रतिवद्धता जनाए । उनले कृषिमा स्थानीय र प्रदेश सरकारबाट दोहोरो अनुदान दिन रोक लगाउनुपर्ने बताए । कार्यक्रममा कृषिमन्त्री थापाले यस पटक विगतको परम्परालाई तोडेर मन्त्रालयले प्रगतिशिल बजेट ल्याएको बताए । उनले कृषि अनुदानका कार्यक्रम सांसद, मन्त्रीले आफु अनुकुल हाल्ने गरेको आरोप चिर्दै उत्पादन र कृषकमुखी कार्यक्रम ल्याएको बताए ।
‘विगतमा कृषिका कार्यक्रमबारे किसानलाई जानकारी नहुने अवस्था थियो ।’ उनले भने ‘हामीले सूचना जारी पुर्व नै सरोकारवालासँग कार्यक्रम गरेर कार्यान्वयनका लागि छलफलको सुरुवात गरेका छौँ, यो सबै जिल्लाहरुमा हुन्छ, अहिले मन्त्रालयले वास्तविक किसानले मात्रै अनुदान पाउने गरि कार्यविधि बनाईरहेको छ ।’
साथै मन्त्रालयले १५ वर्षे कृषि रणनीति तयार गरेर काम गरिरहेको उनले बताए । एक पालिका दुई कृषि पकेट कार्यक्रम, एक जिल्ला एक कृषि उद्योग, बैतडीमा फलफुल प्रशोधन उद्योग, कोल्ड स्टोरको भण्डारमा अनुदान लगायत कार्यक्रम मन्त्रालयले अघि सारेको उनको भनाई छ ।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया