काठमाडौं । काठमाडौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौं उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।
घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर सहकर्मीको मृत्यु भएपछि जेनजीहरू थप आक्रोशित भएका छन् । उनीहरूले बानेश्वरस्थित संसद् भवन अगाडिका सडक नै कब्जा गरेर दिनभरि नै प्रदर्शन गरे । प्रदर्शनलाई दमन गर्न प्रहरीले दर्जनौं गोली चलायो भने अश्रुग्यास पनि प्रहार ग¥यो । तर, पनि प्रदर्शनकारीहरूले सडक कब्जा गरिरहे ।
त्यसपछि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यू जारी ग¥यो । तर, पनि प्रदर्शन रोकिएन । प्रदर्शन थप चर्किँदै गयो । प्रहरीले प्रदर्शनकारीलाई मुख्य सडकबाट धपाउन बल प्रयोग ग¥यो । अहिले साँझपखदेखि भने प्रदर्शनकारीहरूले भित्री सडकमा पनि प्रदर्शन सुरु गरेका छन् । जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंको बानेश्वर आसपासको भित्री सडक तनावग्रस्त बनेको छ ।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया