२०८२, असोज, २८
    {
सुदूरपश्चिम प्रदेश / समाचार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलद्वारा संयमता अपनाउन अपिल

  • पुलेसो
  • २०८२, भदौ २६ बिहीबार
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलद्वारा संयमता अपनाउन अपिल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्र रावलले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन सबैलाई अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुममार्फत एक वक्तव्य जारी गर्दै आन्दोलनमा घुसपैठका कारण सरकारी सम्पत्ति, संवैधानिक निकायका पूर्वाधार, राजनीतिक दलका कार्यालय, राष्ट्रिय सम्पदा तथा राजनीतिक नेतृत्वका निजी आवासमा आक्रमण र आगजनी हुनु दुर्भाग्यपूर्ण रहेको बताए।

रावलले आन्दोलनका क्रममा ज्यान गुमाएका १९ जना युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सयौँ घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

“सार्वजनिक पूर्वाधार र डेटा नियन्त्रण कक्षहरूसमेत ध्वस्त पार्ने जघन्य कार्य कसले र कुन प्रयोजनका लागि ग¥यो भन्ने विषयमा उच्चस्तरीय छानबिन अपरिहार्य छ,” उनले भनेका छन् ।
उनले आपराधिक गतिविधिमा संलग्न बन्दीहरूलाई धमाधम रिहा गरिएको तथ्यप्रति पनि प्रश्न उठाउँदै यसका पछाडिका कारण क्रमशः सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्।

राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, स्वाभिमान र स्वाधीनताको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सबै अडिग रहनुपर्ने उनले आग्रह गरेका छन्। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने