२०८२, असोज, २८
    {
राजनीति / समाचार

राप्रपा प्रवक्ता श्रेष्ठको आग्रह: नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौँ

  • पुलेसो
  • २०८२, असोज ६ सोमबार
राप्रपा प्रवक्ता श्रेष्ठको आग्रह:  नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौँ

काठमाडौँ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बन्न आग्रह गरेका छन्। उनले नेपाललाई विदेशीको खेल मैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बन्न भन्दै सबैलाई यस्तो आग्रह गरेका हुन्।

’नेपाललाई विदेशीको खेलमैदान बनाउने प्रपञ्चका विरुद्ध चनाखो बनौं,’ उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ’नेपाली अनुहारका विदेशीका गोटीबाट सतर्क बनौं।’ यस्तै श्रेष्ठले भदौ २३ को नरसंहार किन गरेको भन्दै ओली र लेखक–एमाले र कांग्रेससँग जवाफ समेत माग गरेका छन्।

साथै भदौ २४ को विध्वंस र उत्पात किन गरेको, कसले दिने हो जवाफ भन्दै कसले लिने हो जिम्मेवारी भनी प्रश्न समेत गरे। ’भदौ २३ को त्यत्रो नरसंहार किन गरेको? ओली र लेखक–एमाले र कांग्रेस जवाफ देऊ,’ उनले लेखेका छन्, ’भदौ २४ को त्यत्रो विध्वंस र उत्पात किन गरेको? कसले दिने हो जवाफ? कसले लिने हो जिम्मेवारी?’ राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नवीन समझदारी गर्न आह्वान पनि उनले गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने