२०८२, असोज, २८
    {
अन्तराष्ट्रिय / समाचार

जहाजको क्याबिनमा मुसा देखिएपछि उडान तीन घण्टा ढिला

  • पुलेसो
  • २०८२, असोज ७ मंगलबार
जहाजको क्याबिनमा मुसा देखिएपछि उडान तीन घण्टा ढिला

काठमाडौं । भारतको कानपुर–दिल्ली उडान मुसाका कारण झण्डै तीन घण्टा ढिला भएको  छ। क्याबिनमा मुसा देखिएपछि उडान तीन ढिला भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।  

मुसा खोज्न सबै यात्रुलाई जहाजबाट ओरालिएको थियो। मुसा हटाएपछि मात्र उडान भएको थियो। दिल्ली–कानपुर इन्डिगो उडान स्थानीय समयअनुसार आइतबार दिउँसो २ः१० बजे चकेरी विमानस्थलमा अवतरण गरेको थियो।

उक्त विमान २ः५० बजे प्रस्थान गर्ने तालिका थियो। उडानअघि चालक दलका एक सदस्यले क्याबिनमा मुसा दौडिरहेको देखे। उक्त उडानमा १७२ यात्रु थिए।

उनले वरिष्ठ अधिकारीलाई जानकारी गराए र उडान रोकियो। अनि यात्रुलाई सुरक्षाका लागि जहाजबाट ओरालेर लाउन्जमा पठाइयो। त्यसपछि ग्राउन्ड क्रू र प्राविधिक कर्मचारीले मुसा खोजी अभियान चलाए। करिब तीन घण्टापछि मुसा समातेर हटाइयो। त्यसपछि विमान ४ः५० बजे दिल्लीतर्फ उड्यो। एजेन्सी

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने