२०८२, असोज, २८
    {
अन्तराष्ट्रिय / समाचार

जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

  • पुलेसो
  • २०८२, असोज ७ मंगलबार
जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

नयाँ दिल्ली -  एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन् । आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ । अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो । बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो । अवतरणपछि एयरलाइनका कर्मचारीहरुले फ्लाइटनजिक एक बालिक घुमिरहेको देखे ।

तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले हिरासतमा लिए र प्रहरीलाई सुम्पिए । भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिए । नाम र विवरण नखुलाइएका ती बालक अफगानिस्थानको कुन्दुज शहरका हुन् ।

काबुल एयरपोर्टमा प्रवेश गरेका ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको इन्दिरा गान्धी एयरपोर्टका अधिकारीहरुले बताएका छन् । विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरिएको थियो । आइतबार नै ती बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ । सुरक्षा जाँचमा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर फेला परेको छ । जसलाई ती बालकलाई आफ्नो साथमा ल्याएका थिए ।

सुरक्षा एजेन्सी नै अचम्मित
सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ । ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ । र अक्सिजन पनि निकै कम हुन्छ । जसकारण केही क्षणमै बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना बढ्छ । यद्यपि यस घटनामा ती बालक कसरी जिउँदै भारतसम्म पुगे भन्नेबारे विमानस्थलका सुरक्षा एजेन्सी पनि अचम्मित छन् । किनकि ल्यान्डिङ कम्पार्टमेन्ट विमानको सबैभन्दा मुनि हुन्छ । यसमा सुरक्षा उपकरण, ब्रेक सिस्टम र हाइड्रोलिक पाइप हुन्छन् । एक अध्ययनअनुसार यो तरिकाले लुक्ने प्रयासमा जीवित रहने दर निकै कम हुन्छ । विश्वभरमा यसरी लुकेर यात्रा गर्नेमध्ये २० प्रतिशत मात्र जीवित बचेका छन् ।
अफगानिस्तानमा १५ अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कैयौं मानिस देश छोड्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा घुसपैठ गरेका थिए । अफगानी नागरिक कुनै पनि तरिकाले देश छाडेर बाहिर निस्कन खोज्दै थिए ।

अमेरिकाले आफ्ना नागरिक र सेनालाई फिर्ता बोलाउनका लागि सैनिक विमान पठाएको थियो । त्यसबेला सैयौं अफगान नागरिक अमेरिका जानका लागि अमेरिकन सैनिक विमानमा सवार भएका थिए । केही नागरिक जहाजमा झुन्डिएका समेत थिए । सोही क्रममा आकाशमा जहाजबाट खसेर कैयौंले ज्यानसमेत गुमाए ।
–एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने