२०८२, असोज, २८
    {
विजनेस / समाचार

काँकरभिट्टा नाकाः आयात बढ्यो, निर्यात घट्यो

  • पुलेसो
  • २०८२, असोज ७ मंगलबार
काँकरभिट्टा नाकाः आयात बढ्यो, निर्यात घट्यो

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। यो गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् ९ प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले भने, ‘गत आवमा ७ अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु आयात भएको थियो।’ चालु आर्थिक वर्षको साउन र भदौमा यो नाकाबाट हुने निर्यात घटेको छ। यो अवधिमा ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ।

गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाखको सामान निर्यात भएको थियो। यो २०.६९ प्रतिशतले कम हो। पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट, मोलासिस छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा छन्।

कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा आयात–निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख ९ हजारले बढी हो। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने