२०८२, असोज, २८
    {
राजनीति

विश्वप्रकाशले भने– अब कांग्रेसले संसद् पुनस्र्थापनाको माग राख्न हुँदैन, चुनावमा जानुपर्छ

  • पुलेसो
  • २०८२, असोज ७ मंगलबार
विश्वप्रकाशले भने– अब कांग्रेसले संसद् पुनस्र्थापनाको माग राख्न हुँदैन, चुनावमा जानुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनस्र्थापन माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए। उनले भने, ‘संसद् पुनस्र्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्।

चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौ। तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब पुनस्र्थापन माग राख्न हुँदैन।’

उनले जेनजीले उठाएको मागप्रति समर्थन रहेको पनि बताए। जेनजीले रूपान्तरण ल्याएर गठन गरेको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति प्रश्न उठाए। उनले भने, ‘यो सरकारमा एउटा मात्रै पनि जेनजीको प्रतिनिधित्व हुन पर्दैन।

बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने जेनजी, जो आउनुभएको छ। एक सय एक आउनुभएको छ। तर, जेनजीको प्रतिनिधित्वबिना सरकारलाई पूर्णता दिने कुरालाई हामीले गम्भीरतापूर्वक राख्नुपर्छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने