काठमाडौँ । बाखपा एपको प्रस्तुति नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघि बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउँदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताएका छन् ।
सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ सुनमान्छेसँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । सुनमान्छे खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै सुनमान्छेसँग बिहे गर्छिन् । अनि तनावमा खुइली ।
यो सिरियलले सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कमेडी ड्रामामा आधारित सिरियल रहेको निर्देशक राउतको भनाइ छ । ‘सातौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्यव्यंग्यलाई अझै परिस्कृत गरेर आगामी शृंखला ल्याउने तयारी छ।’
हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवापिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ। यो टेलि चलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। यस सिरियलमा कलाकार दमन रुपाखेती, यासेली योङहाङ, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, गणेश ए सी, जय कुमार थापा, सुभाना राई र पुष्पाञ्जली तिल्लिङ र राजन राई लगायतको अभिनय देख्न सकिन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
प्रतिक्रिया