काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे मौखिक ब्रिफिङ दिएका छन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, ओलीले माओवादी केन्द्रसँगको एकता, त्यसपछि देखिएका चुनौतीहरू, र माधव नेपाल–झलनाथ खनाल समूहको भूमिकाबारे विस्तृत धारणा राखेका थिए । बैठक अहिले खाजाका लागि स्थगित भएको छ, खाजा पछि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।
बैठक पार्टी मुख्यालय च्यासलमा बन्दसत्रका रूपमा भइरहेको छ, जसमा सञ्चारकर्मीलाई प्रवेश अनुमति दिइएको छैन । सञ्चारकर्मीहरू मुख्य गेटबाहिरै कुरिरहेका छन् ।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया