२०८२, असोज, २८
    {
अन्तराष्ट्रिय

अमेरिकी ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते रूकुमका ओपेन्द्र

  • पुलेसो
  • २०८२, साउन १२ सोमबार
अमेरिकी ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते रूकुमका ओपेन्द्र

काठमाडौँ । अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपाली युवकको मृत्यु भएको छ। 
रूकुम पश्चिमको  बाफीकोट गाउँपालिका – ३ नेपानेका  २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।
बाफीकोट – ३ का वडाध्यक्ष लिलबिर केसीका अनुसार शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूले खबर गरेको वडाध्यक्ष केसीले बताए।

 टेक्ससको राजधानी अस्टिनमा उनलाई गाडीले ठक्कर दिएको थियो। ‘ओपेन्द्रले दुई दिन अगाडि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएका रहेछन्,’ वडाध्यक्ष केसीले भने, ‘दुर्भाग्य गाडीको ठक्करबाट अचानक मृत्यु भएको खबर आयो।’ सोमबार मध्याह्न १२ बजेतिर मृतक ओपेन्द्रको घरमा भेटघाट गरी आफू कार्यालय फर्किएको वडाध्यक्ष केसीले बताए। 

रूकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको रूपमा काम गर्थे। वडाध्यक्ष केसीका अनुसार परिवारका तीन बहिनी छोरी मध्ये कान्छीको ५ वर्षअघि मृत्यु भएको, दुई छोरी विवाह गरी गइसकेका हुँदा घरमा मुक्ति बोहराका बुढाबुढी मात्रै बस्दै आएका छन्। उनीहरूका जेठो छोरा पनि अमेरिकामा छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने