सर्लाही । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् । यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो । सोमबार दिउँसोपख मेघगर्जनसहित सर्लाही र आसपासका जिल्लामा केहीबेर भारी वर्षा भएको हो । विशेषगरी आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई सोमबार परेको पानीले ठूलो राहत मिलेको छ ।
विद्युतीय मोटरबाट जसोतसो धान रोपाइँ गरेकोमा सोमबार परेको पानीले पटपट फुटेर सुक्न थालेको रोपा जोगाउन मद्दत पुगेको हरिपूर्वा नगरपालिका –२, का किसान बिलास रायले जानकारी दिए ।
सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा एक झर राम्रोसँग वर्षा भएको हो । यी क्षेत्रमा सबैभन्दा बढी आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले सोमबार दिउँसो पानीले बाँकी रहेको क्षेत्रमा धान रोपाइँ गर्न र रोपेको धान फस्टाउन ठूलो मद्दत पुगेको बताए । उनका अनुसार बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि उत्तरतर्फ आकाशे वर्षाको भर रहेको छ । चुरेभेगमा पानी परेपछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको शीरबाटै पानी बढेर आएकाले कुलोको पानी लगाएर खेती गर्ने किसानलाई राहत मिलेको छ । लालबन्दी नगरपालिका –१६, परवानीपुरका दिलबहादुर थापाले आकाशे वर्षा नहँुदा खोला नै सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बढेको जानकारी दिनुभयो । पानी परेपछि सर्लाहीसहित मधेश प्रदेशमा तत्कालका लागि गर्मी समेत कम भएको छ
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया