नेपालगञ्ज । कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला प्रकरणमा आज उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा मुद्दा दर्ता भएको छ। तीन अर्ब २० करोड ११ लाख ५४ हजार बिगो दाबीसहित एक सय नौ जना विरुद्ध मुद्दा दर्ता भएको हो। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास सूचना अधिकारी बलबहादुर बिष्टका अनुसार मुद्दा दर्ता भइसकेको छ।
उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्। पक्राउ परेका चार जनाको बयान लिने काम भोलिदेखि सुरु हुने उनको भनाइ छ।
राष्ट्र बैंकले गत ११ पुसमा डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो। बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड देखिएको छ। बैंकको स्थापना २०७० मा भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
प्रतिक्रिया