२०८२, असोज, २८
    {
विजनेस

धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम

  • पुलेसो
  • २०८२, भदौ १८ बुधबार
धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम

महेन्द्रनगर । धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम उद्घाटन गरेको छ । टाटाको सुदूरपश्चिमको आधिकारिक डिलर जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई चयन गर्दै धनगढीको बोराडाँडी नयाँ शोरुम उद्घाटन गरिएको हो । मंगलबार उद्घघाटन समारोहमा नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेयले संयुक्त रूपमा शोरूम उद्घघाटन गरे । उद्घाटन कार्यक्रममा व्यवसायी, समाजसेवी  र ग्राहकहरूको उपस्थिति थियो ।
टाटा मोटर्सको धनगढी शोरुमले जी.ए.आर.एस ट्रेडिंग कन्सर्नमार्फत सुदूरपश्चिमका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू– टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्। त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि शोरुममा उपलब्ध हुनेछन् ।

कम्पनीले आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन सुविधा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
धनगढी शोरूमको उद्घाटनले सुदूरपश्चिमका टाटा मोटर्सका ग्राहकलाई प्रभावकारी सेवा दिन उत्साहित रहेको कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेयले बताए  । प्रबन्ध निर्देशक पाण्डेले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।’ 
सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले पनि भने, ‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।’  टाटा मोटर्स विश्व बजारमा लोकप्रिय रूपमा मानिन्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने...

काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...

नेपालको २.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न  आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...

शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको आग्रह

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।  साइबर ब्युरोमा बयान दिएपछि बुधबार...

महेश बस्नेतको दाबी– प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेताहरू पक्राउको माग गरेका हुन्

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली...

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल  र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र...

सरकारले एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली गर्न नदिने